×

वीरगञ्ज १८ मंसिर । बाराको विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती नष्ट गर्ने अभियान प्रहरीले सुरु गरेको छ ।

अवैध गाँजा खेती नष्ट गर्न अभियान अनुसार ५ बिघा १० कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । उनका अनुसार निजगढ नगरपालिका–१२ लालटोल र थली भञ्ज्याङमा लगाइएको गाँजा खेती नष्ट गरिएको हो ।

मंसिर १६ गतेदेखि गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय निजगढको टोलीले दुई दिनदेखि गाँजा नष्ट गरिरहेको छ । पहिलो दिन प्रहरी उपरीक्षक पंगेनी स्वयं गाजा खेती नष्ट गर्न लाल पुगेका थिए ।

थली भन्ज्याङमा २ बिघा १० कठ्ठा र लाल टोलमा ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । थली भञ्ज्याङमा ऐलानी जग्गामा र लाल टोलमा मकैभित्र गाँजा खेती गरिएको थियो ।

Back to top