×

वीरगञ्ज १७ मंसिर । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको धर्मशालाको उदघाटन गरेका छन् ।

उद्घाटन सत्रमा बोल्दै महानगर प्रमुख सरावगीले सार्वजनिक सम्पत्तिको निर्माणले मात्रै विकास नहुने भन्दै यसको संरक्षण गर्न सके मात्रै यसको उपयोग गर्न सकिने बताए । 

उनले समाजमा सार्वजनिक सम्पत्तिको संरक्षणमा खासै चासो नदिने गरेको बताउँदै सार्वजनिक सम्पत्ति संरक्षण भए त्यसको उपभोग स्थानीयले नै गर्न पाउने र यसले विकासको आधार पनि तयार हुने बताए ।

धर्मशाला उद्घाटन पश्चात मेयर सरावगीले नगर क्षेत्रमा निर्माण भईरहेका विकास निर्माणका कामको पनि अनुगमन गरेका छन् । 

स्थलगत अनुगमन गर्दै मेयर सरावगीले ढल र नालाको अवस्थाको बारेमा जानकारी लिएका छन् ।

Back to top