×

सांकेतिक तस्विर ।

वीरगञ्ज १७ मंसिर । रौतहटमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ। दुई पक्षको झगडामा एक पक्ष लिएर भनाभन गर्दा पछि चक्कु प्रहार भएको थियो। वृन्दावन नगरपालिका ३ वस्ने १८ वर्षका नन्दकिशोर रामको चक्कु प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ।

सोमबार राति पौने ९ बजेको समयमा सोही स्थानका १९ वर्षका रवि रामले आफ्नो काकी ललिता देवीलाई छिमेकी लाले राम मादक पदार्थ सेवन गरी गाली गलौज गरेको भन्दै झगडा भएको थियो।

सोही झगडामा रामको पक्ष लिएर नन्दकिशोरले पनि बीचमा भनाभन गरेका थिए ।झगडा शान्त भएपछि रविले केही बेरमा भान्छाको चक्कुले नन्दकिशोरको पेटमा प्रहार गर्दा नन्दकिशोर गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनको उपचारको लागि एपोलो अस्पताल चन्द्रपुरमा लगिएकोमा राति नै साढे ९ बजे मृत्यु भएको थियोे । नन्दकिशोरलाई चक्कु प्रहार गर्ने रवि रामलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले घट्नास्थलबाट चक्कु समेत बरामद गरिएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Back to top