×

वीरगञ्ज १७ मंसिर । बालिका हत्या प्रकरणमा मुच्छिएका दुई प्रहरी जिल्ला तानिएका छन् । ६ वर्षीय गुलाब्स खातुनको हत्या घटनामा प्रहरीको हात रहेको भन्दै गाउँलेले आरोप लगाएका थिए । 

इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत एक हवल्दार र एक सइ जिल्ला प्रहरी कार्यालय महोत्तरी तानिएका हुन् । सइ बीरेन्द्र सिंह र हवलदार फुलगेन मण्डल तानिएका छन् । एसपी टिका केसीका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ ।

यता बालिका हत्या प्रकरणलाई छानबिन गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली घटनास्थल पुगेको छ। बालिका हत्या र गोली काण्ड घटनाको छानबिन गर्न टोली घटनास्थल पुगेको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

बालिका हत्यालाई लिएर भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपानेको ज्यान गएको थियो । बर्दिबास–१४ शुभम् बस्तीकी ६ वर्षीया गुलाब्स खातुनको हत्या र गोली काण्ड घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानविन टोली महोत्तरी आएको हो ।

गुलाब्सालाई मंसिर ७ गते गौशालाका अरुण साहले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ। । सोही साँझ बालिकाको हत्या गरेर उनको शव बोरामा प्याक गरेर झाडीमा फलेका थिए ।

Back to top