×

वीरगञ्ज १४ मंसिर । गगन सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । 

गगन सहकारी संस्थाका अध्यक्ष राजेश रायको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास वोर्डको निर्देशक शम्भु गुप्ताले सहकारी संस्थाहरुलाई पनि कोभिड १९ को महामारीले प्रभाव पारेको हुँदा आगामी दिनमा सशक्त रुपमा सञ्चालन गरेर नाफामा लिन आग्रह गरे । 

साथै उहाँले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई सहकारीका लागी ब्याजमा अनुदान दिन आग्रह गरे । 

सो अवसरमा संस्थाका अध्यक्ष राजेश रायले वार्षिक प्रतिवेदन तथा खर्चको आय व्यव प्रस्तुत गरेका थिए । 
उक्त अनुदान गरिब तथा विपन्न परिवारलाई विभिन्न किसिमका सिपमुलक तालिमहरु प्रदान गर्नुपर्ने बताए । 

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संस्था महासंघका सञ्चालक समितिका अध्यक्ष हरेराम पटेल, जिल्ला बचत संघ पर्साका अध्यक्ष राजेश पण्डित, उपाध्यक्ष असगर अली, म्यानेजर क्लबका अध्यक्ष जिष्णु बराल लगायतको सहभागिता रहेको थियो ।

Back to top