×

वीरगञ्ज १४ मंसिर । विभिन्न पार्टी परित्याग गरी सयौँ व्यक्तिले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन् । 

राप्रपा पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा, जसपालगायतका पार्टीहरु परित्याग गरी सयौँले राप्रपा प्रवेश गरेका हुन् ।

राजा आउँ देश बचाऊ भन्दै देशका विभिन्न स्थानमा र्‍याली तथा जुलुस स्वतः स्फूर्त रुपमा निस्की रहेको समयमा राजतन्त्र पूर्नस्थापनाको मुख्य एजेन्डा बोकेर हिँडेको सो राप्रपा पार्टीमा विशेष गरी नेकपा र काङ्ग्रेसका कार्यकर्ता प्रवेश दिनै जसो ठुलो सङ्ख्यामा प्रवेश गर्दै आएका छन् ।

विगत लामो समयदेखि पार्टीमा रहेपनी पार्टीले देशका लागि केहि गर्न नसकेपछि पार्टी परित्याग गरेको नव प्रवेशीहरुले बताएका छन । 

पार्टी प्रवेश कार्यक्रममा पुर्व मन्त्री तथा राप्रपाका वरिष्ठ नेता राजिव पराजुली, केन्द्रिय सदस्य नगिना यादव लगायतका नेताहरुले नवप्रबेशीहरुलाई फुलमाला लगाएर स्वागत गरेका थिए । 

पार्टी प्रवेश कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )पर्साका अध्यक्ष सोमेश्वर नाथको अध्यक्ष्ातामा भएको थियो ।

Back to top