×

सांकेतिक तस्विर ।

वीरगञ्ज १२ मंसिर । होटेलबाट ५ लाख ८२ हजार रकममसहित जुवा खेल्ने १० जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका २ सिमरा स्थित सिमरा पाराडाइज होटलबाट उक्त रकम सहित जुवाडेहरूलाई पक्राउ गरेको हो । 

जुवाडेहरू जुवा कौडा खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोली उक्त होटेलको कम्पाउण्ड भित्र पछाडी साइडमा रहेको टहराबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले होटेलको जुवा खेल्न प्रयोग भएका म्याट, पाउडर, कौडा १६ थान र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैया बरामद गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । 

पक्राउ परेका सबैलाइ जुवा मुद्दा अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको मिश्रले बताए ।

Back to top