×

वीरगञ्ज १२ मंसिर । भारत सरकारले कच्चा पाम तेल आयात गर्दा लाग्ने भन्सार दर घटाएको छ ।

संसारकै सबैभन्दा ठूलो पाम तेल खपतकर्ता भारतले १० प्रतिशत भन्सार दर घटाएको हो। यसअघि पाम तेल आयात गर्दा व्यवसायीले ३७.५ प्रतिशत भन्सार तिर्नुपथ्र्यो ।

सरकारले भन्सार दर घटाएपछि अब पाम तेल आयातकर्ताले प्रति क्विन्टल पामको कच्चा तेल आयात गर्दा २७.५ प्रतिशत भन्सार तिर्नुपर्छ । 

यसअघि सस्तो भन्सार दरको सदुपयोग गर्दै नेपाली व्यापारीले मलेसिया र इण्डोनेशियाबाट कच्चा पाम तेल ल्याउँदै भारत पठाउने गरेका थिए ।

तर, गत वर्षदेखि भारतले पाम तेलको आयातमा रोक लगाएपछि भने नेपालबाट भारततर्फ ठूलो मात्रामा पाम तेल निकासी हुन सकेको छैन ।

Back to top