×

बारा ११ मंसिर । नेकपाका वरिष्ठ नेता एवंम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपालाई फुट्न आफूले नदिने बताएका छन् । 

पुष्पलाल स्मृति प्रतिष्ठान बारा शाखाको सिमरामा आयोजित घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् । 'नेकपा फुट्दैन । कसैले फुटाउन सक्दैन र म कुनै पनी हालतमा पार्टी फुट्न दिन्न,' उनले भने । 

''नेकपालाई कसैले पनि फुटाउन सक्दैन र म फुटाउन पनि दिन्न तर कसैले दम्भ गर्छ भने त्यो स्वीकार्य पनि छैन,' उनले भने, 'पार्टीभित्र विधि र पद्धतिको संस्कार स्थापित गर्न म लागिपरेको छु । कसैले दिएको धम्कीले डराउँनु पर्दैन ।' 
 
पार्टी विधि र पद्धतिमा चल्नुपर्छ आफ्नो मान्यता रहेको नेता नेपालले बताए । पार्टी भित्र देखिएका समस्याहरु बिधिबत रुपमा छलफलको माध्यमबाट समाधान गरिनुपर्ने उनको भनाइ छ । सबैले एकअर्काको योगदानको कदर गर्नुपर्छ वरिष्ठ उनको कथन थियो । 

नेता नेपालले बारा, पर्सा र रौतहटमा पार्टी निर्माणमा स्वर्गीय पुष्पलालको ठूलो योगदान रहेको चर्चा गरेका थिए । बारा शाखाका संयोजक पलट चौधरीको अध्यक्षतामा र मनोज पौडेलको सहजीकरणमा सम्पन्न बैठकमा नेकपा प्रदेश नम्बर २ का सह-इन्चार्ज नागेन्द्र चौधरी, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपा बाराका सचिव सुन्दर बहादुर विश्वकर्मा, पुष्पलाल स्मृति प्रतिष्ठान प्रदेश नम्बर २ का सचिव कमलेश झा लगायतको उपस्थिति रहेको थियो । 

पलट चौधरीको संयोजकत्वमा गठन गरिएको ४१ सदस्यीय जिल्ला शाखाको घोषणा गरिएको थियो ।

Back to top