×

वीरगञ्ज ४ मंसिर । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले छठ ब्रतालुहरुलाई साडी वितरण गरेका छन् ।

नेपालमा बसोबास गर्ने मधेसी समुदायको सबैभन्दा ठुलो पर्वका रुपमा मनाउँने गरिएको छठको अवसरमा अति गरिव विपन्न र आर्थिक अवस्था कम्जोर भएका परिवारलाई छठ पूजामा सहयोग मिल्न साडी वितरण गरेका हुन् ।

सांसद् यादवले हरेक वर्ष छठ व्रतालुहरुलाई साडी वितरण गर्ने गर्दै आएका छन् ।

सांसद् यादवले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थान पुगेर आवश्यकताका आधारमा व्रतालुहरुलाई साडी वितरण गरिएको बताए । कोरोनाभाइरस महामारीको जोखिम कायमनै रहेकोले छठ पर्व मनाउँदा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालन गर्न आग्रह गरेका थिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५, ८, ११, १३, १५, १६, १८, २१ र २२ उनले साडी वितरण गरेका थिए ।

सो अवसरमा जनता समाजवादी पार्टीका नेता सुन्दर कुर्मी, जिल्ला सदस्य लालदेव यादव, वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसिया, युवा नेता राजुदीन बाबु, शेख मुस्तुफा, प्रसन साह, आनन्द गुप्तालगायतको उपस्थिति रहेको सांसद् यादवका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए ।

Back to top