×

वीरगञ्ज ४ मंसिर । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल बाल संगठन पर्साको भवन र संगठन मातहत रहेको जग्गाको अनुगमन तथा निरिक्षण गरेका छन् । 

भर्खरै गठन भएको नेपाल बाल संगठन जिल्ला कार्यसमिति पर्सालाई बधाई तथा शुभकामना दिदै मन्त्रि भट्टराईले बाल संगठनले गर्ने हरेक क्रियाकलाप एवम् गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

साथै बालबालिका राष्ट्रका कर्णधार भएको हुँदा संगठनले बालबालिकाको क्षेत्रमा सकरात्मक कदम चाल्नुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका अधिकारमा सुनिश्चतता गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । 

संगठन पर्साका सभापति रामकिशो सिँह परागले मन्त्री भट्टराईलाई क्षेत्रको अवलोकन गराउँदै संगठनको गठनसँगै बालबालिकासम्बन्धि गतिविधिले तिब्रता पाएको बताए । 

अुनगमन टोलिमा नेपाल कमयुनिष्ट पार्टी पर्साका अध्यक्ष प्रभु हजारा, संविधान सभा सदस्य विचारी यादव, बाल संगठन पर्साका सदस्य राजाबाबु रौनियारलगायतको सहभागिता रहेको बाल संगठन पर्साका सदस्य हेमन्त तामांगले जानकारी दिए ।
 

Back to top