×

सांकेतिक तस्विर ।

वीरगञ्ज २ मंसिर । बारामा सुमो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । 

बाराको जिपतपुर सीमार उपमहानगरपालिकास्थित पिलुवाबाट सदरमुकाम कलैया उपमहानगरपालिका तर्फ तिब्र गतीमा जाँदै गरेको ना १ ज २८७९ नम्बरको सुमो विद्युतीय पोलमा ठोक्किएर दुर्घटनामा हुँदा महिलाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ निवासी ३० बर्षिया सुखी धामीको रहेकी छन् ।

सुमोमा सवार अन्य १२ जना घाइते भएका छन् । घाइते भएकामध्ये चालक राम भजन धामी र अन्य एक जना महिलाको अवस्था गम्भीर रहेको बाराका प्रहरी जनाएको छ । 

चालक धामीको हातमा गम्भीर रुपले चोटपटक लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर रुपले घाइतेहरुलाई थप उपचारका लागि वीरगञ्ज ल्याइएको छ भने अन्यलाई सामान्य उपचार गरेर फिर्ता पठाईएको बारा प्रहरीका प्रमुख कृष्णा पंगेनीले जानकारी दिए ।  अन्य घाइतेहरुको नाम खुल्न नसकेको पंगेनीले बताए । 

Back to top