×

वीरगञ्ज २ मंसिर । पोखरियामा एकल एवम् अति विपन्न महिलाहरुलाई सम्मान गरिएको छ । 

स्थानीय श्री जनजीवन युवा क्लब जगतपुरको आयोजनामा हिन्दुहरुको महान पर्व छठको उपलक्षमा महिलाहरुलाई सम्मान गरिएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १ सय ५० महिलाहरुलाई साडीलगायत छठ पूजामा आवश्यक पर्ने सामग्री साह्योग गरिएको थियो ।

सम्मान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद् रौनियारले महिलाहरुलाई सम्मान गर्नु सबैको दायित्व भएको बताए । उनले महिला र विशेषगरी एकल महिलाहरुको जिविको पार्जनका लागि सरकारसँग आफुले विशेष कार्यक्रम ल्याउँन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सांसद् रौनियारले महिला र पुरुष एउटा गाडीको दुई पांग्रा भएको बताउँदै महिला र पुरुषलाई समान तरिकाले हेर्न र समान अवसर दिएर अगाडी बढाउँन आजको सबैभन्दा महत्पूर्ण आवश्यक भएको बताए ।

संस्थाका अध्यक्ष कमलदिप पटेलको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरि, भिमा यादव, जसपाका केन्द्रिय सदस्य शिव पटेल, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, महिला नेतृ मुनी श्रीवास्तव, जसपाका पोखरीया अध्यक्ष राजु साहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Back to top