×

वीरगञ्ज २ मंसिर । प्रत्येक वर्ष झैँ यस वर्षपनि रुङटा वेलफेयर सोसाइटीले अतिविपन्न, गरिव र असाहय महिलाहरुलाई छठ पर्व मनाउनका लागि साडी वितरण गरेको छ ।

सोसाइटीले ग्रिन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरसँगको सहकार्यमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मीका ३१ महिलाहरुलाई साडीलगायतका सामग्रीहरु वितरण गरेको हो ।

ग्रिन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकास खेतानको नेतृत्वमा गएको टोलिले स्थानीय मिर हसन मियाँको उपस्थितिमा महिलाहरुलाई साडी वितरण गरेको थियो । 

वितरण कार्यक्रममा रुङटा वेलफेयर सोसाईटीको तर्फबाट सुरेश रुङटा, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपककुमार साह, वीरगञ्ज महानगरपालिका सरसफाई शाखाका सरुफुद्दीन मियाँलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी सोसाईटीले सोमबार वीरगञ्ज कारागारमा रहेका ७५ महिलाहरुलाई साडी वितरण गरेको थियो । कारागारमा रहेका महिलाहरुले समेत छठ पर्व मनाउँने भएको हुनाले उनीहरुलाई पनि सहयोग स्वरूप साडी वितरण गरिएको ग्रिन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले बताए ।

उनले हरेक वर्ष कारागारका महिलाहरुलाई छठको अवसरमा साडी वितरण गर्ने गरिएको जानकारी दिए । साडी वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त, प्रहरी नायव उपरीक्षक मनोजित कुँवर, रुङटा वेलफेयर सोसाईटीको तर्फबाट सुरेश रुङटालगायातको सहभागिता रहेको थियो ।

Back to top