×

वीरगञ्ज २ मंसिर । कोरोनाभाइरस संक्रमणका कारण पर्साको वीरगञ्जकी एक महिलाको मृत्यु भएको छ । वीरगञ्जस्थति नेशनल मेडिकल कलेज तथा शिक्षक अस्पतालद्वारा सञ्चालित बाबा होटल कोभिड उपचार केन्द्रमा उपचाररत ६४ वर्षीय महिलाको सोमबार संक्रमणका कारण मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ की ति महिलालाई आइतबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना पश्चात कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाबलाई जिन एक्पर्ट प्रविधिबाट परिक्षण गर्दा आइतबारनै कोरोना पुष्टि भएको थियो । 

कोरोना पुष्टि भएपछि महिलालाई बाबा होटल कोभिड उपचार केन्द्रमा रहेको आइसियूमा राखेर उपचार गरिएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताए । आइसियूमै उनको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै पर्सामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

Back to top