×

वीरगञ्ज १ मंसिर । हिन्दुहरुको महानपर्ब छठ पर्बको अवसरमा जनता समाजबादी पार्टीले शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

पर्साको बहुदरमाई नगरपालिका ५ भौराटारमा आज जसपा बहुदरमाइ ५ नगर वडा एकाइ कमिटीले शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको हो । 

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् जसपाका केन्द्रिय सदस्य हरिनारायण रौनियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस र नेकपा परित्याग गरि सयौको सँख्यामा नेता कार्यकर्ताहरु जनता समाजबादी पार्टीमा प्रबेश गरेका थिए । नवप्रवेशीहरुलाई सांसद् रौनियारले फुलमाला लगाई पार्टी प्रबेश गराएका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् रौनियारले सँघीय सरकारले प्रदेश सरकारसित विभेद गर्दै आईरहेको आरोप लगाएका थिए ।

उनले सरकारले आफुलाई गैरकानुनी तरिकाले निल्म्बन गरेर पर्सा क्षेत्र नम्बर ३ का जनतालाई अभिभावक बिहीन बनाएको बताए । 

उनले मधेसी जनतालाई विकासबाट बंचित गर्न नेकपाको सरकारले आफु विरुद्ध षडयन्त्र गरेको बताए । 'जनताको अभिमत प्राप्त गरेर म निर्वाचित भएको सांसद् हुँ, उनले भने, 'तर यहाँको जनतालाई विकासबाट बंचित गराउन मलाई गैरकानुनि र असंबैधानिक तरिकाले निलम्बन गरिएको छ ।'

वडा एकाइ कमिटी अध्यक्ष रामकिशुन प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य एवम् पुर्ब राज्यमन्त्री प्रदेश साँसद करिमा बेगम, नेता रामनरेश यादव,शिव पटेल,तबरेज अहम्द, बिपिन यादव, प्रेमचन्द्र कुशवाहा, पन्नालाल साह, बिरेन्द्र यादव, सिहासन साह, कृष्णा यादव लगायतको सहभागिता रहेको थियो ।

Back to top