×

वीरगञ्ज ३० कात्तिक । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ७३ हजार ४ सय ३० जना निको भएका छन् ।

आज देशभर ३५ हजार १२५ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनाको पिसिआर परीक्षण भएको छ ।

Back to top