×

वीरगञ्ज २८ कात्तिक । नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिका सचिव एवम् जिल्ला कमिटि सदस्य मुकेश चौरसियाको श्रद्धञ्जली सभा आयोजनामा केहि व्यक्तिले आर्थिक अपचलन गरेको कुरालाई नेकपा पर्साले गलत भन्दै खण्डन गरेको छ ।

नकेपा पर्साले शुक्रबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै मुकेश चौरसियाको हत्या र उनको लागि आयोजना गर्न भनीएको श्रद्धाञ्जली सभाको कार्यक्रमलाई जोडेर केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आर्थिक सहयोग संकलन सम्वन्धि भ्रामक सामाचाहरु सम्पे्रषण भएको प्रति नेकपा पर्साको गम्भीर ध्यानआकर्षण भएको जनाएको छ ।

जिल्ला सचिव विजय प्रसाद महतोले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गरी चौरसियाको हत्यामा संलग्नमध्येका केहि व्यक्तिले भ्रामक प्रचार गरेको आरोप समेत लगाएका छन् ।

विज्ञप्तिमा श्रद्धाञ्जली सभा, उपचार खर्च र पिडीत परिवारलाई गरेको सहयोगको खर्च विवरण समेत संलग्न गरिएको छ ।

चौरसियाको हत्या भएको दिनदेखि लिएर शव व्यवस्थापन र दाह संस्कार सम्म १ सय ४६ हजार आर्थिक सहयोग पार्टीले लिएको र खर्च १ लाख ५४ हजार भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

Back to top