×

पर्सा २६ कात्तिक । पर्साको पकहामैनपुर गाउँपालिकामा डायमण्ड टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले मंगलबार एक औपचारिक कार्यक्रम बीच उद्घाटन गरेसँगै प्रत्योगिता सुरु भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेका गाउँपालिका अध्यक्ष चौरसियाले संघ सरकारले मधेसका खेलाडीहरुसँग समेत भेदभाव गर्ने गरेको आरोप लगाए । उनले संघ सरकारले मधेसका खेलाडीहरुमा लगानी लगाउनुको सट्टा जहिलेपनि उनीहरुलाई निरुत्साहित गर्ने गरेको बताए ।

'मधेसको भुमिबाट जन्मिने खेलाडीहरुलाई संघ सरकारले सम्मान गर्दैन । उनीहरुमा कुनै लगानी गर्दैन,' अध्यक्ष चौरसियाले भने, 'यहाँ भएका ठुला ठुला खेल मैदानहरु जिर्ण अवस्थामा छन् । त्यसको स्त्रन्नोती गर्ने सकरारले कुनै योजना ल्याउनु यहाँको खेलाडीहरुसँग विभेद हो ।'

अध्यक्ष चौरसियाले खेलाडीहरुलाई प्रोत्साहन गर्न सरकारले रोजगारीको व्यवस्था समेत मिलाउन आवश्यक रहेको बताए । 
'देश-विदेशमा देशको नामलाई उचाईसम्म पुर्याउने खेलाडीहरुलाई प्रोत्साहन गर्न सरकारले उनीहरुको लागि सरकारी जागिरको व्यवस्था गर्नुपर्छ । राम्रो तलव सुविधा दिनुपर्छ,' चौरसियाले भने ।' 

उनले गाउँपालिकाले युवा र खेलाडीहरुलाई अगाडी बढाउँन आफुहरुले हुने हरेक सम्भव सहयोग गर्न तयार रहेको बताए । चौरसियाले विभिन्न खेलकुद प्रत्योगिताका लागि गाउँपालिकासँग सहयोग माग्न आउनेहरुलाई आफुले कहिलेपनि निरुत्साहित नगरेको दावी समेत गरे ।


स्थानीय समाजसेबी भक्त बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष बृजमोहन तिवारी, मदन साह कानु, नेपाली कांग्रेसका नेता नसरुलाह मियाँ, जसपाका नेता रामबाबु चौरसिया, अलताफ हुसेनलगायतको उपस्थिति रहेको थियो । 

उदघाटन कार्यक्रमपछी भएको पहिलो खेलमा धोबिनीले विजय प्राप्त गरेको थियो । सबैठवा र धोबिनी बिच भएको खेलमा सबैठवाले पहिलो बैटिंग गरि १६ ओभरमा ९ बिकेट गुमाई १ सय ४ रन बनाएको थियो भने धोबिनीले  १४ ओभरमा सात बिकेट गुमाई १०८ बनाएर जित हासिल गरेको थियोे । 

सम्पन्न खेलमा म्यान अफ दि म्याच धोबिनीका सुनिल पटेललाई घोषणा गरिएको थियो । आज हुने खेलमा बहुअर्वा र भारतको सिकटा भिड्ने छन् ।

Back to top