×

वीरगञ्ज २२ कत्तिक । दीपावली र छठको अवसरमा पर्साको धोबिनी गाउँपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । 

गाउँपालिकाको वडा नम्बर ४ स्थित लंगडी चोकमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत चल्ने प्रहरीको मेरो साथी अभियान अन्तर्गत सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय लंगडी, मिर्मिरे लघुवित्त वित्तीय संस्था लंगडी र लंगडी चौकका स्थानिय हरुको सहयोगमा भएको कार्यक्रममा बाटो र नाला सरसफाई गर्नका साथै चोकमा रहेका पसलेहरुलाई सरसफाई सम्बन्धमा सचेतना गराइएको थियो  प्रहरी नायब निरिक्षक सोम रिमालले जनाए । 

कार्यक्रममा लंगडीका वडा अध्यक्ष मजिद मियाँ, सदस्य कमल ठाकुर, मिर्मिरे बैंकका प्रमुख किरण कुमार परियार, सरिता थापा मगर, सचिता चौधरी, दिपेन्द्र चौधरी, रितेश चौहान, मोहम्मद मकसुद अन्सारी, स्थानिय लालबाबु पटेल, अलियास मियाँ, सुनिल साह कानु, सुदिल पटेल, कमरुल मियाँ, जुबैर मियाँ, विरेन्द्र साह कलवार, सुलतान मियाँ, दिपेन्द्र पटेल, सगिर मियाँ, अनिल साह, मुनिलाल साह, संजय गुप्तालगायतको सहभागीता रहेको थियो ।

Back to top