×

वीरगञ्ज ९ कात्तिक ।  ३ दिन बितीसक्यो, तर मुकेश चौरसियाको शब अहिलेसम्म पनि वीरगञ्जको नारायणी अस्पतपतालकै शबगृहमा राखिएको छ ।

आफ्नै पार्टीभित्रको राजनितिक खिचातानीका कारण सांघातिक आक्रमणमा परेर आफ्नो ज्यान गुमाएका चौरसियाको परिवारलाई कति चोट प¥यो होला हामी अनुमान पनि गर्न सक्दैनौ ।

पर्साको बिन्दवासीनी गाउँपालिका समितिका सचिब समेत रहेका चौरसियाको मृत्युप्रकरण अहिले देश नै तातिएको छ ।

स्थानीय नेता कार्यकर्तादेखी पार्टीका केन्द्रि अध्यक्षसहित विपक्षी दलको ध्यान पनि अहिले यसै घटनामा केन्द्रित छ । 

पार्टीको गाउँपालिका समितिको सपथ ग्रहण कार्यक्रममा भएको दुई पक्षको झडपमा परेर गम्भिर घाइते भएका चौरसियाको वीरगञ्जको पानिट्यांकीमा अवस्थित एल एस न्युरो अस्पतालम उपचारको क्रममा निधन भएपछि पर्सा जिल्लाको राजनिति गर्माएको छ ।

यता प्रहरी प्रासनले पनि घटनाको उजुरी दर्ता नगरेको भन्दै पार्टीका केन्द्रिय नेता तथा पुर्व मन्त्रि समेतको उपस्थितीमा धर्ना, मौन धारण लगायतका विरोधका कार्यक्रमहरु पनि भइरहेका छन् ।

यस घटनालाई राजनिति आवरण दिएर नेता तथा कार्यकर्ताले मौकाको फाइदा उठाउने हुन् की भन्ने आशंका पनि उत्पन्न भएको छ । यता पिडित परिवार भने न्यायको अपेक्षा गरीरहेका छन् ।

घटनाको दर्ता नगरे देशैभर आन्दोलन गर्ने अगुवा नेताहरुले चेतावनी समेत दिएका छन् । विगतमा राम्रा तथा सुधारका कामहरु गरेपनि यही घटनाका कारण पर्सा प्रहरी प्रमुख आलोचित हुनु परेको छ ।

मृतक चौरसियाका आफन्तजन तथा पार्टीका नेता कार्यकर्ताहरु मुकेशका परिवारलाई न्याय दिलाउने प्रयासमा निरन्तर छन् । अब आम नागरिक चौरसियाको परिवारले न्याय पाएको, अनि मृतक चौरसियाको दाहसंस्कार गरेको हेर्ने प्रतिक्षामा छन् ।

Back to top