वीरगञ्ज ८ कात्तिक । राष्ट्रिय युवा संघ नेपाल जिल्ल कार्यसमिति पर्साले मुकेश चौरसियाको मृत्यु प्रकरणबारे अनुसन्धान गर्न उच्च स्तरीय कमिटि गठन गर्न माग गरेको छ ।
पर्साको बिन्दवासिनि गाउँपालिकामा आयोजिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा निधन भएपछि घटनाको निष्पक्ष रुपमा छानबिनका लागी उच्चस्तरीय कमिटी गठन गर्न संघले विज्ञप्तीमार्फत माग गरेको हो ।
राष्ट्रिय युवा संघ पर्साका संयोजक महमद निजामुदिन, सह संयोजक ओमप्रकाश गुप्ता, केन्द्रिय सदस्य एवम् इन्चार्ज बिमल पौडेल र सहइन्चार्ज बिकाश रौनियारद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत झडपमा उपस्थित पार्टीका नेता तथा कार्यकर्तासँग पनि स्वतन्त्र रुपमा छानविन गर्न माग गरेको छ ।
चौरसियाको निधनप्रति शोक व्यक्त गर्दै संघले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।