×

वीरगञ्ज ८ कात्तिक । बडा दशैँको आठौँ दिन अर्थात महाअष्टमीको अवसरमा नेपाल इण्डो हस्पिटलले प्रसाद वितरण गरेको छ ।

वीरगञ्ज महानगरपालिका रजतजयन्ति चोकस्थित नेपाल इण्डो हस्पिटलले बडा दशैँको महाअष्टमीका दिन विभिन्न स्थानबाट यहाँ रहेका शक्तिपीठहरुको दर्शन गर्न आउने श्रद्धालु र भक्तजनहरुलाई प्रसाद वितरण गरेको हो ।

अस्पतालका सञ्चालक एवम् निर्देशक चन्द्र शेखरले टाढा टाढाबाट आउने भक्तजन र श्रद्धालुहरुको सुविधाको लागि प्रसाद वितरण गरिएको बताए ।

उनले नेपाली जनताको सबैभन्दा महत्पूर्ण पर्व मध्येको एक दशैँमा वीरगञ्जको गहवामाईको दर्शन गर्न आउने देश विदेशका व्यक्तिहरुलाई सेवा गर्न मिल्दा खुशी अनुभूति भएको बताए । 

सामाजिक क्रियाकलापमा सदैव एक कदम अगाडी आएर काम गर्ने उनले आज हजारौँ व्यक्तिलाई प्रसाद वितरण गरेका थिए । 

हस्पिटलले यसअघि पनि विभिन्न समयमा सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । हस्पिटलले केहि दिन अगाडी मात्रै कोभिडमा खटेका एम्बुलेन्स चालकका बुवाको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाह गरेको थियो ।

छोट समयमा अस्पतालले गुणस्तरीय सेवा दिएर पर्सा, बारा, रौतहट र आसपासका जिल्लाहरुको सेवाग्राहीको मत जित्न सफल भएको छ ।

Back to top