×

वीरगञ्ज ८ कात्तिक । कुनै पनि कोरोना संक्रमितको उपचार गर्न प्लाज्मा अभाव नहोस् भन्ने उद्देश्यले प्लाज्मा कनेक्ट वेबसाइट सुरु गरिएको छ। 

प्लाज्मा दिन चाहने कोरोना संक्रमणमुक्त र प्लाज्मा लिनुपर्ने अवस्थाका बिरामी (तथा उनीहरुका आफन्त)लाई जोड्न प्लाज्मा कनेक्ट वेबसाइट लन्च गरिएको हो। 

वेबसाइटबाट कोभिड-१९ का बिरामीहरूका लागि प्लाज्मा लिन तथा दिन चाहनेहरूबीच सजिलै सम्पर्क स्थापित गर्न सकियोस् भनेर यो बेवसाइट विकास गरिएको साझेदारहरूले जानकारी दिएका छन्। 

लायन्स क्लब अफ काठमाडौं, दियालो, समर्थ नेपाल, जनता क्लिनिक, एभ्रिथिङ क्रियटिभ्स, साझा युवा, स्प्यारो, खल्ती, एनएनएच, मारवाडी युवा मञ्चको साझेदारीमा यो वेबसाइट तयार गरिएको हो। 

प्लाज्मा डोनेट गर्नका लागि सुरूमा डोनेट गर्न चाहनेले आफ्नो विवरण उक्त साइटमा दिनुपर्नेछ। त्यसपछि उक्त विवरणअनुसार डोनेट गर्न व्यक्तिको प्लाज्मा कुन व्यक्तिसँग मिल्छ तीमध्ये सबैभन्दा जटिल अवस्थामा पुगेका बिरामीमा उक्त प्लाज्मा प्रदान गरिने वेबसाइटमा उल्लेख गरिएको छ। 

इच्छुकहरूले प्लाज्मा कनेक्टको वेबसाइटमा अनलाइनमार्फत् आफ्नो विवरण भर्न सक्नेछन्। प्लाज्मा दिनेहरूले भने सरकारले तोकेअनुसार मापदण्ड पूरा गरेको हुनुपर्छ। 

Back to top