×

वीरगञ्ज ८ कात्तिक । पर्सा र बारामा फूलपातीको पनि १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा पर्सा र बारा जिल्लाको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ७२ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा फूलपातीका दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साका ११ र बाराका २ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्सामा भेटिएका सम्पूर्ण संक्रमित वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १५ मा चार जना, वडा नम्बर ११ मा तिन जना, वडा नम्बर १४ मा दुई जना र वडा नम्बर ९ र १० मा एक/एक जनामा संक्रमण देखिएको डाक्टर चौरसियाले बताए ।

उता बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ र १४ मा एक/एक जना संक्रमित भेटिएको उनले बताए ।

थपिएका संक्रमितहरुमा २ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्म रहेका छन् । उनीहरुको सिटि भ्यालु १४ देखि ३० सम्म रहेको डाक्टर चौरसियाले जनाकारी दिए ।

Back to top