×

वीरगञ्ज ७ कत्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको राजस्थानले दिएको १५५ रनको चुनौती हैदराबादले १८ ओभमै पूरा गरेको हो । ​

हैदराबादको जितमा मनिष पाण्डे र विजय शंकर चम्किएका थिए । अर्धशतकीय इनिङ्सका लागि पाण्डे ८३ रनमा अविजित रहदा शंकरले अविजित ५२ रन जोडे। 

मैदानमा चम्किएका दुई ब्याट्सम्यानले १४० रनको साझेदारी गरेक हुन् । 

हैदराबादका लागि अन्य ब्याट्सम्यानको भने भूमिका देखिएन । राजस्थानका जोफ्रा आर्चरले २ विकेट हात पारे  ।

२० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको राजस्थानका लागि सन्जु सामसन ३६, बेन स्टोक्स ३०, रियान पराग २०, कप्तान स्टिभ स्मिथ र रोबिन उथप्पा १९१९ रनमा समेटिदाँ जोफ्रा आर्चरले १६ रन बनाए भने जोस बट्लरले ९ रन जोडे । ​

हैदराबादका जासन होल्डरले ३, विजय शंकर र राशिद खानले १र१ विकेट हात पारे ।

यो जितसँगै पाँचौ स्थानमा उक्लिएको हैदराबादले १० खेलमा ८ अंक जोडेको छ ।  पुछारको दोस्रो स्थानमा रहेको राजस्थानले ११ खेलमा ८ अंक जोडेको छ । 

Back to top