×

वीरगञ्ज ६ कत्तिक । नेपाल कम्युनिष्ट पार्टी पर्सा (नेकपा) को बिन्दबासिनी गाउँपालिमा आयोजित सपथ ग्रहण कार्यक्रममा झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका छन् ।

सपथ ग्रहणको विषयलाई लिएर दुई पक्ष बीच झडप हुँदा  स्थानीय नेता मुकेश चौरसियासहित दर्जनौं व्यक्ति घाइते भएका हुन् । 

चौरसियाको टाउकोमा गम्भीर रुपले चोट लागेको नेकपाका एक नेताले बताए । उनको अहिले वीरगञ्ज पानिटंकीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले उनको अवस्था चिन्ताजनक भएको बताएका छन् । अन्य घाइतेहरुको वीरगञ्जका विभिन्न अस्त्पालहरुमा उपचार चलिरहेको छ ।   थप विवरण आउन बाकी ।

Back to top