×

वीरगञ्ज ३ कात्तिक । प्रहरीले बारा जिल्लाबाट साढे ४ लाख भन्दापनि बढी मूल्य बराबरको तस्करीको सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलिले बारा जिल्लाको विभिन्न स्थानबाट ४ लाख ६८ हजार बराबरको छोकडा, प्याज, सुर्ती र लताकपडा बरामद गरेको हो ।

प्रहरीले बाराको पञ्चरौता नगरपालिका वडा नम्बर १ मा राजश्व छली गरेर भारत पठाउँन लागि लुकाई छिपाई भण्डारण गरेर राखिएको अवस्थामा छापामारी गरेर ५० हजार रुपैयाँ बराबरको २० क्विन्टल छोकडा बरामद गरेको छ । 

त्यसैगरी प्रहरीले जिपपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज र वडा नं. १ पथलैयाबाट राजश्व छली गरेर भारतबाट भित्र्याएको २ लाख ५० हजार रुपैयाँ बराबरको प्याज, १ लाख ५० हजार रुपैयाँको सुर्ती र १८ हजार बराबरको स्विटर बरामद गरिएको जनाएको छ ।    

बरामद गरिएको सम्पूर्ण सामग्री प्रहरीले आवश्यक कारवाहीक लागि पर्सास्थित भन्सार कार्यालय वीरगञ्ज र बारास्थित राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईको बताएको छ ।

Back to top