×

वीरगञ्ज ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको पर्सा जिल्ला कमिटिको एकता कार्य सम्पन्न भएको छ ।

अनेरास्ववियूका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, जुबेर आलम, शिवम साह, पर्साका संयोजक राम बाबु यादव र सह-संयोजक मित्र देव यादवको कार्यदलले एकता कार्य टुङ्गो लगाएको हो ।

५७ सदस्य रहेको कार्यसमितिमा ७ जना कार्यालय सदस्य राखिएको छ जसमा साविकको अनेरास्ववियुबाट तिन जना र क्रान्तिकारी तर्फबाट चार जना सदस्य रहेका छन् ।

कार्यालय सदस्यमा साविक अनेरास्ववियुबाट राम बाबु यादव, अजित साह र रन्दिप श्रीवास्तव रहेका छन् भने साविक अनेरास्ववियु (क्रान्तिकारी) बाट मित्र देव यादव, हेमन्त तामाङ, कबिराज पटेल र रहमान अन्सारी रहेका छन् ।

त्यसैगरी साबिकको अनेरास्ववियुबाट ११ जना र क्रान्तिकारी बाट १० जना गरी जम्मा २१ सदसिय सचिवालय बनाइएको छ ।

यता पर्साका १४ वटामध्ये १३ वटा स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ भने वीरगञ्ज महानगरको नेतृत्वमा विवाद रहेको कारण अझै पनि टुङ्गो लाग्न सकेको छैन । वीरगञ्ज महानगरको कमिटिको विवाद सल्टाउन दुवै पक्ष बीच छलफल चलिरहेको पर्साका संयोजक राम बाबु यादवले बताए ।

स्थानीय तह अन्तर्गत पोखरिया नगरपालिकाको अध्यक्षमा महेन्द्र यादव र सचिवमा शर्मा पासवान, बहुदरमाइ नगरपालिकाको अध्यक्षमा मन्तोष यादव र सचिवमा अलि हुसेन, पर्सागढी नगरपालिकाको अध्यक्षमा रामु शर्मा र सचिवमा जुन्नु तामाङ, ठोरी गाउँपालिकाको अध्यक्ष अप्सरा स्याङ्गतान र सचिवमा हिमाल सागर कुँवर, छिपहरमई गाउँपालिकाको अध्यक्षमा सुशील हजारा र सचिवमा मनोज पटेल , जिराभवानी गाउँपालिका अध्यक्षमा करण चौधरी र सचिवमा अनिल चौधरी, धोबिनी गाउँपालिकाको अध्यक्षमा दिपेन्द्र साह रौनियार र सचिवमा सन्दिप पटेल रहेका छन् ।

त्यस्तै सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा अनिल यादव र सचिवमा भोले चौधरी, पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा जय चौधरी र सचिवमा अवदेश यादव, विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा कल्सरिफ गद्दी र सचिवमा अजित चौरसिया, पकाहामैनपुर गाउँपालिकाको अध्यक्षमा अनिल चौहान र सचिवमा कौशल किशोर साह, जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा जय बाबु मन्सुरी र सचिवमा गोविन्द चौधरी, कालिकामाई गाउँपालिकाको अध्यक्षमा कुन्दन चौरसिया र सचिवमा विकाश पटेललाई नेतृत्व दिइएको छ ।

त्यसैगरी ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितिको इन्चार्जमा अजित साह, सह-इन्चार्जमा नशिम अख्तर, अध्यक्षमा सन्दीप विक्रम साह, सचिवमा मञ्जय यादव, वीरगञ्ज नर्सिङ्ग क्याम्पस एकाई अन्तर्गत इन्चार्जमा रोशनी भट्टाराई, सचिवमा सृजा सिंह र अध्यक्ष र सह-इन्चार्ज भने साविकको अनेरास्वियुको भागमा परेको भएपनि नाम अहिले टुङ्गो लाहन सकेको छैन ।

Back to top