×

वीरगञ्ज ३ कात्तिक । बारा जिल्लामा ४३ जनाको कोरोना परिक्षण गर्दा २५ जना पोजेटिभ भेटिएका छन् । 

बारा जिल्लाको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको थ्रोट स्वाबको नमुनालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा परिक्षण गर्दा ११ जना महिलासहित थप २५ जनामा कोरोनाभाइरस अर्थात कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार बारामा सबै भन्दा धेरै जीतपुरसिमरा उपमहानगरपालिकामा संक्रमित थपिएका छन् । 

जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २ मा १४ जना, वडा नम्बर ३ मा ४ जना, वडा नम्बर १ मा २ जना र वडा नम्बर ४, ६ र १५ मा १/१ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ६ वर्षदेखि ७२ वर्ष उमेर समुहका रहेका छन् । 

त्यसैगरी सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ मा एक जना र कलैया उपमहानगरपालिकामा पनि वडा नखुलेको एक जना संक्रमित भेटिएको डाक्टर चौरसियाले जानकारी दिए । 

Back to top