×

वीरगञ्ज २ कात्तिक । पर्सामा ४२ जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी पर्सागढी नगर कार्यसमितिको सहकार्यमा असोज २६ गते गरिएको नि:शुल्क आँखा शिविरमा मोतिबिन्दुबाट संक्रमित भेटिएका ४२ जनाको शल्यक्रिया गरिएको हो ।

सबै व्यक्तिहरुको शल्यक्रिया माट्रिका आई फाउन्डेसन नेपालले नि:शुल्क रुपमा गरेको छ ।

फाउन्डेसनले यसअघिपनि विभिन्न स्थानमा नि:शुल्क आँखा शिविर आयोजना गर्नुका साथै मोतिबिन्दुका विरामीहरुको नि:शुल्क शल्यक्रिया गर्दै आएको छ ।

जसपा पर्सागढी कार्यसमितिका अध्यक्ष नितेश मिश्राको विशेष अगुवाईमा भएको कार्यक्रममा साहिब दरबार सेवा संस्थानका संस्थापक एवम् जसपाका नेता राजेश मान सिंह, युवा नेता मुकेश द्विवेदी, माट्रिका आई फाउन्डेसनका संयोजक महेश सिंह धामीलगायतको उपस्थिति रहेको थियो ।

Back to top