×

वीरगञ्ज २ कात्तिक । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

आइतबार छापावाल सुन तोलाको ४ सय रुपैयाँले बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    
यसअघि शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
   
यता चाँदीको मूल्य भने स्थिर रहेको छ । शु्क्रबार तोलामा १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Back to top