×

वीरगञ्ज २ कात्तिक । पर्सागढी नगरपालिकाको चौथो नगरसभा शनिबार सम्पन्न भएको छ ।
  
नगरसभाले आर्थिक वर्ष २०७७/७८ को लागि कुल बजेट ६९ करोड २१ लाख १७ हजार १ सय ४५ रुपैंयाको बजेट पारित गरेको छ ।
    
नगरपालिकाले यस आर्थिक वर्षको लागि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक निर्माण, सडक लगायतमा विशेष प्राथमिकता दिने योजना अनुसार बजेट पारित गरेको छ ।

नगर प्रमुख लोकनारायण यादवको अध्यक्षतामा भएको सो नगरसभाबाट आर्थिक वर्ष २०७७/०७८को स्वीकृत नीति कार्यक्रम र बजेट उप प्रमुख अर्चना चौधरीले प्रस्तुत गरेकी थिइन् ।

वडा नं. १ का वडा अध्यक्ष तुलाराम महतोले स्वागत मन्तव्य राखेको कार्यक्रममा १ देखि ९ नम्बर वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत सालिकराम ढकाल लगायत कर्मचारीहरुको उपस्थित रहेको थियो ।

Back to top