×

वीरगञ्ज १ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धोबिनी र छिपहरमाई गाउँपालिका कमिटीको संयुक्त आयोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।

पर्साको धोबिनी गाउँपालिका वार्ड नम्बर ५ जगरनाथपुरमा आयोजी कार्यक्रम पार्टीकी केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री उर्मिला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हजाराले दुबै पालिकाकाका ५१/५१ जना गरी १ सय २ जना पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण पश्चात बोल्दै प्रमुख अर्यालले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्नुको विकल्प नरहेको बताइन् । उनले पार्टीभित्र रहेका सामान्य कमिकमजोरीहरुलाई सच्याएर अघि बढ्नु जोड दिएकी थिइन ।

सपथ ग्रहण कार्यक्रममा पार्टीकी सांसद् शेख चाँदतारा, जिल्ला अध्यक्ष प्रभु हजारा, संविधान सभा सदस्यहरु जयप्रकाश थारु, राजकुमार गुप्ता, जुनैद अन्सारी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, पुर्व सभासद रामेश्वर राम, जिल्ला सदस्य बाबुराम कौशिक, प्रदेश सदस्य रामबाबु बैठा, प्रदेश सदस्य योगेन्द्र साह कानु, जिल्ला सदस्य बलिराम साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा छिपहरमाई गाउँपालिका कमिटीका अध्यक्ष प्रह्लाद गुप्ता, धोबिनी गाउँपालिका कमिटीका अध्यक्ष मजिद मियाँ, नेकपा नेता एवम् जिल्ला समन्वय समिति पर्सा उपप्रमुख ठाकुर न्यौपाने, पार्टीका केन्द्रीय सदस्य उर्मिला देवकोटा, पत्रकार महासंघ प्रदेश २ उपाध्यक्ष केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, विजयबस्तिका पुर्व गाबिस अधयक्ष लालबहादुर श्रेष्ठ, नेकपाका ठोरी अधयक्ष खगेन्द्र श्रेष्ठ, जिराभवानी अधयक्ष शशिकपुर थारु, वडा अध्यक्ष राजबली यादव, मौजीलाल साह, बिनोद साह कानु, नेता सुरेश कुमार पटेल, नेकपा धोबिनीका उपाध्यक्ष हरि पटेल, अमिका पटेल, श्याम किसोर पटेल, ज्ञानबहादुर साह, जिल्ला सदस्य मदिस मियाँ, युवा नेता संतोष पटेल, सदाम हुसेन, एनुल हक, युवा नेता सुनिल कुमार गुप्ता शम्भु पाल, अबास मियाँ, तेज प्रकाश निसाद, लगायत दुबै पालिकाका नेताकार्यकर्ताहरुको उपस्थिति थियो।

Back to top