×

वीरगञ्ज १ कार्तिक । वीरगञ्जको माइस्थानमा रहेको ओम श्री साई पोलिक्लीनीकले नि:शुल्क मधुमेह र परिधीय न्यूरोपैथी रोगको परिक्षण शिविर सम्पन्न गरेको छ ।

क्लीनीकले आजदेखी हरेक महिनाको पहिलो शनिवार नि:शुल्क परिक्षण गरेर सामाजिक उत्तरदायित्व बहन गर्ने जनाएको छ ।

आज पहिलो दिनको शिविरमा ३५ जना भन्दा धेरैले नि:शुल्क मधुमेह परिक्षण गराएका छन् । त्यसैगरी परिधीय न्यूरोपैथी रोगको पनि परिक्षण गरिएको क्लिनिकका सञ्चालक डा. सागर सर्राफले जानकारी दिए ।

परिक्षण गराएकाहरुलाई गोल्डी मेडिकल हलले नि:शुल्क औषधि समेत वितरण गरेको थियो । कार्यक्रममा नेशनल मेडिकल कलेजका निर्देशक एवम् वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर प्रमोदकुमार सर्राफलगायतको उपस्थिति रहेको थियो ।

Back to top