×

वीरगञ्ज २१ असोज । सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा चलेको ड्रग्स कनेक्सनको मुद्दामा तानिएकी रिया चक्रवर्तीलाई अदालतले रिहा गर्न आदेश दिएको छ ।

बुधवार अदालतले उनलाई बेल दिने फैसला गरेको हो । बम्बे हाइकोर्टले बुधवार रियालाई रिहा गर्न आदेश दिए पनि उनका भाइ सोविक चक्रवर्तीलाई भने हिरासतमै राख्न आदेश दिएको हो ।

रिया करीब एक महिना जेलमा रहिन् । अब भने उनलाई बाहिर आउन दिइएको छ । तर, रियाले केही शर्त भने पूरा गर्नुपर्नेछ ।

रियालाई एक लाख भारु जमानत दिन आदेश दिइएको छ । साथै उनी विदेश जान पनि पाउन छैनिन् । उनलाई मुम्बईबाट बाहिर जान परे पनि अनुमति लिनुपर्नेछ ।

उनी प्रहरी या एनसीबीले बोलाएमा तत्काल हाजिर हुनुपर्नेछ ।

बुधवार अदालतले सुनाएको फैसलामा रिया चक्रवर्ती, स्यामुअल मिरन्डा र दीपेश सावंतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

रिया चक्रवर्तीलाई एनसीबीले एनसीबीले ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो ।

Back to top