×

वीरगञ्ज १४ असोज । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

मंगलबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु ५०० बढेर ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै बुधबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

मंगलबार तोलामा ११७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर ११९० रुपैयाँमा कारोबार भएको हो ।

Back to top