×

वीरगञ्ज ९ असोज । “पेट बडी पापी” भाेजपुरी गितकाे आज एक कार्यक्रमकाे बिच बिमाेचन गरिएकाे छ । वीरगञ्जका युवाहरुद्वा तयार गरिएकाे भिडियाे गित बिमाेचन गरिएकाे हाे ।

भाेजपुरीया समाजकाे यथार्तमा आधारित भिडियाे गितकाे संविधानसभा सदस्य अनिल रुंगटाले बिमाेचन गरेका थिए ।

गित बिमाेचन कार्यक्रमलाई सम्बाेधन गर्दै रुंगटाले नेपालकाे अवस्थालाई चित्रण गर्दै गित तयार गरिएकाे वताए । उनले हाम्राे सांस्कृतीसँग पनि याे गित जुडेकाेले यसकाे महत्व बढाइदिन आग्रह गरे ।

'युवा र किशान अगाडी नआएसम्म हाम्राे देशकाे विकाश हुँदैन । त्यसकाे लागि यहाँका युवाहरुकाे एकवद्ध हुन जरुरी छ । याे भिडियाे गितलेपनि यहाँकाे युवा र किशानहरुलाई एकवद्ध हुन सन्देश दिन चाहेकाे छ ।'

जेंवना-भाेजपुरिया सनेसा वीरगञ्जका अशाेक कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिक्षाने, जनता समाजवादी पार्टीका युवा नेता तबरेज अहमद, भिजिट मधेशका राष्ट्रिय संयाेजक ओमप्रकाश सरार्फ, समाजिक अभियान्ता प्रकाश थारुलगायतकाले शुभकामना मन्तव्य राखेका थिए । वीरगञ्ज दरबारमा भएकाे बिमाेचन कार्यक्रमकाे सञ्चालन सञ्चारकर्मी माधुरी महताेले गरेकी थिइन ।

भिडियाे गितकाे आजै जेंवना भाेजपुरिया सनेसाकाे युट्युबमा रिलिजसमेत गरिएकाे छ ।

वीरगञ्जका युवा श्याम सरार्फद्वारा लिखित गित उनकै आवाजमा प्रस्तुत गरिएकाे छ । गितकाे निर्माता राकेश यादव “मितवा, सन्दीप प्रजापती अभिनीत रहेकाे छ । भिडियाे गितकाे निर्देशक राजन श्रीवास्तवले गरेका छन् भने सङ्गीत विवेक परियारले दिएका छन् । गितकाे भिडियाे सुटिङ्ग क्यामरा म्यान भरत साहले गरेका छन् ।

भोजपुरि समाजमा रहेको गरीबी र गरीबीका कारण आफ्नो घर परिवार छोडी विदेश पलायन भईरहेका युवाको व्यथामाथी फ़िलमाईएको भिडियो गितको बैनर केही समय पहिलादेखी नै सोसलमिडियालगायत बिभिन्न सञ्चारमाध्यामा रूचाईएको थियाे ।

अश्लीलताको बाजारमा प्रतिस्प्रधात्मक रूपमा आईरहेको यस्तो श्लील गीतहरू हाम्रो परिवारका साथै सार्वजनिक ठाउँमा सुन्न सकिने वा देखन सकिने रहेकाे छ । श्लील गीतहरू माथी काम गरिरहेका हरेक गीत सङ्गीत वा सिनेमासँग जोडिएका ब्यक्तिहरूको प्रोत्साहन स्वरूप गीतले सहयाेग पुग्ने बिश्वास लिइएकाे छ ।

https://www.youtube.com/watch?v=E9ZjDCfHxak&feature=emb_title

Back to top