×

वीरगञ्ज १ असोज । नेपाल का युवाहरू द्वारा भोजपुरी गीत संगीत, कथा कहानी, कला संस्कृती मा निरन्तर कार्य गर्नुको साथै अश्लीलको बिरोध र श्लीलको प्रचार प्रसार गरिदै छ।

बिगतका दिनहरुमा “जेंवना” नामक फेसबुक पेजबाट्ट भोजपुरिको धरोहरका रूपमा रहेको लोकगित, लोकधुन, परम्परा,संकृतीहरू बारे नियमित भिडियो बनाई छोटो समयमा राम्रो नाम कमाएका समुह अब भोजपुरी समाजमा रहेको दुख र पिडा बारे सांगीतिक माध्यमले अगाडि बढने संकल्पका साथ अगाडि बढिरहेको ति समुहका सदस्य अशोक कुश्वाहा बताउनुहुन्छ।

वर्तमान समय मा वीरगंज बाट्ट श्याम सरार्फ द्वारा लिखित उनकै आवाज मा निर्माता राकेश यादव “मितवा”,संदिप प्रजापती अभिनीत “पेट बड़ी पापी” भोजपुरी गीत चाडै बजारमा आउदै छ ।

यो गीत/वीडियो का निर्देशक राजन श्रीवास्तव हुन भने बिवेक परियारले आफ्नो संगितले सजाएका छन । भोजपुरि समाज मा रहेको गरीबी र गरीबी का कारण आफ्नो घर परिवार छोडी विदेश पलायन भईरहेका युवाको व्यथा माथी फ़िलमाईएको यस भिडियो गितको बैनर सोसलमिडिया लगायत बिभिन्न संचारमाध्यमा व्यापक रूचाईएको छ साथै धैरै जना यस भिडियो गितको प्रतिक्षामा रहेको सोसल मिडियामा राखिएको बैनरको कमेन्ट बाट्ट सहजै बुझिएको छ।

भोजपुरी गीत संगीत माथी भईरहेको काम हेरेर ६ दशक पहिला रहेको भोजपुरी गीत संगीत अनी सिनेमा को स्थिति अब फेरी चाडै फर्किने आभास भईरहेको भोजपुरीकर्मीहरू बताउनुहुन्छ ।

क्षणिक स्वार्थपूर्ति र क्षणिक इज्जत अनी पैसाको लागी अश्लील लेख्ने अनेकन भोजपुरी गीतकार का बीच यस्तो गीत आउनु श्लील गीत, संगीत वा सिनेमा मा काम गरिरहेका लागी सकारात्मक पक्ष हेर्न सकिन्छ साथै अश्लीलता को मुखमा कालो मोसो लगाउने शुभ कार्य पनी भईरहेको भोजपुरीकर्मीहरूको बुझाईरहेको छ।

Back to top