×

वीरगञ्ज १७ भदौं । रुपन्देहीको रोहिणी गाउँपालिकाको धकधई बजार घर भएका युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जय मिश्रको भदौ ६ गते निधन भएको थियो । बुधवार उनको १३ औं दिनको पुण्य तिथीमा उनका समकालीन नेताहरुले उनलाई सम्झृका छन् । नेपालमा मधेस आन्दोलनलाई मुल राजनीतिक अजेण्डा बनाएुर सद्भवाना पार्टीको झण्डामुनी सुरु भएको मधेस आन्दोलनका संस्थापनाकालिन नेतामध्येका थिए नेता मिश्र ।

‘सद्भावना पार्टीको संस्थापना कालदेखि उहाँले सहकार्य गर्नु भएको थियो, धकधई निवासी अग्रज सञ्जय मिश्रको निधले मर्माहित भएको छुँ,’ तत्कालीन राष्ट्रिय जनता पार्टीका माहासचिव शिव पटेलले भनेका छन् । रुपन्देहीबाट सद्भावना पार्टीको तर्फबाट पटक पटक संसदीय चुनावमा प्रतिस्पर्धी रहेका मिश्रा २०६४ पछि उक्त पार्टी फरक फरक टुक्रामा विभाजित भएपछि आफुलाई पार्टीबाट अलग पार्दै मधेसको पक्षमा स्वतन्त्र रुपमा अगाडि बढेका थिए । विगतका मधेस आन्दोलनहरुमा उनी रुपन्देही जिल्लाबाट महत्वपुर्ण भुमिका गरेका थिए ।

‘आदरणीय सञ्जय मिश्रको असामयिक निधनको खबरले म मर्माहित र दु:खी भएँ । उहाँ मधेस आन्दोलनको पुरानो नेता हुनुहुन्थ्यो । २०४७ सालमा सदभावना पार्टीको स्थापनासँगसँगै सदभावना विद्यार्थी मञ्च गठन भएको थियो । सदभावना पार्टीद्वारा विद्धार्थी मञ्च सञ्चालन समिति बनेको थियो । तीन सदस्यीय समितिको संस्थापक संयोजक म थिएँ, पश्चिमी मधेशबाट सञ्जय मिश्र र पूर्वी मधेसबाट शैलेस चौधरी सदस्य हुनुहुन्थ्यो,’ प्रध्यापक मिश्राले भने, ‘उहाँ त्यति बेलादेखि अहिलेसम्म मधेश राजनितिसँग जोडिनु भएको थियो । मधेसले उहाँजस्तो एक सपुत गुमाएको छ, जसको पुर्ती सम्भव छैन ।’

राजनीतिक शास्त्रका जानकारसमेत रहेका नेता मिश्र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न देशको कुल जंनसंख्याको झण्डै ४० प्रतिशत रहेका युवाहरुको लागि अवसर र भुमिका सिर्जना हुनु पर्ने मान्यता राखेका थिए । त्यसतै राज्य तथा समाजको आर्थिक उन्नतीको लागि नेपालमा कृषी सबभन्दा भरपर्दो आधार भएकोले किसानहरुको सम्मान र सबलिकरण आवश्यक रहेकोमा जोड दिँदै आएका थिए । यि दुई मान्यतालाई बोकी उनले पछिल्लो समयमा युवा किसान पार्टीको आफ्नो अध्यक्षतामा स्थापना गरी संगठन बिस्तारमा लागेका थिए । २०२४ असार ३ गते जन्मेका नेता मिश्रको ५२ बर्षको उमेरमा निधन भएको हो । सद्भावना पार्टीका संस्थापकमध्येका वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका राजनीतिक शास्त्रका प्राध्यापक देवेन्द्र मिश्रले सञ्जय मिश्रको निधनलाई मधेस आन्दोलनको अपुरणीय क्षति बताए ।

'मिश्राका दाजु कृष्णचन्द्र मिश्राका अनुसार निमोनिया भएपछि भैरहवाको अस्पतालमा निको नहुँदा थप उपचारको लागि त्यहाँबाट अन्यत्र लैजादै गर्दा मिश्रको निधन भएको थियो । मृत्युपछि उनको पिसिआर परीक्षण जाँचमा कोरोना पाजेटिभ देखिएको थियो । नेपाली सेनको टोलीले उनको पैतृक गाउँमै अन्त्येष्टि गरेको थियो । परिवारमा श्रीमति, एक छोरी र दुई छोरा रहेकोमा उनीहरुमा भने कोरोना पुष्टि भएको छैन ।

Back to top