×

वीरगञ्ज १३ भदौ । चर्चित सुपर हिरो फिल्म ‘ब्ल्याक प्यान्थर’ का अभिनेता चाडविक बोसमनको निधन भएको छ ।

अन्तराष्ट्रिय समचार संस्थाहरुका अनुसार विगत ४ वर्षदेखि क्यान्सरबाट पिडित ४३ वर्षीय अभिनेताको अमेरिकी शहर लस एन्जलसमा रहेको आफ्नै निवासमा निधन भएको हो ।

उनले सार्वजनिक रूपमा आफ्नो रोगबारे जानकारी नगराएको समचार संस्थाहरुले उल्लेख गरेका छन् ।

‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाका लागि बोसमनको निकै प्रशंसा भएको थियो । मार्वल युनिभर्सबाट सुपर हिरो बन्ने उनि पहिला व्यक्ति थिए ।

उनलेपछि ‘क्याप्टेन अमेरिकाः सिभिल वार’, ‘फोर्टी टु’, ‘एभेन्जर्सःइनफिनिटी वार’ लगायतका चलचित्रमा महत्वपूर्ण भूमिका निभाएका थिए । ब्ल्याक प्यान्थर दुई आउँने चर्चा समेत थियो ।

Back to top