वीरगंज। मतगणना सुरु भएसँगै गणनास्थल बाहिर तनावकाे वातावरण बनेकाे छ। सुरक्षाकर्मीले उम्मेद्वारलाई पनि प्रवेशमा कडाइ गरेरकाे भन्दै समर्थकले बाहिर अाक्राेस पाेखेका छन्। वीरगंज महानगरका राजपाका मेयर उम्मेद्वार राजेशमान सिंहलाई सुरक्षाकर्मीले गेटमा कडाइ गरेकाे भन्दै कार्यकर्ता अाक्राेसित बनेका हुन्। मत गणना भैरहेकाे ठाकुरराम बहुमुखी क्याम्पसकाे गेट बाहिर तनाव भएकाे हाे। गणना भने प्रभावित भएकाे छैन। तस्बिरः राेहित बर्नवाल/वीरगंज