×

वीरगञ्ज ३२ श्रावन । कोरोनाभाइरसको महामारी नियन्त्रण र प्रदेश सरकार सञ्चालनमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी असफल भएको बताउँदै उनलाई हटाउँने माग उठ्न थालेको छ । प्रदेश सरकारको अढाई वर्षको कार्यकालमा कुनै उपलब्धिमुलक काम गर्न नसकेको आरोप लगाउँदै प्रदेशका अधिक्तम सांसद्ले मुख्यमन्त्री परिवर्तन गर्न माग गरेका हुन् ।

जनता समाजवादी पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार चार दिन पहिले पार्टीका १४ संसाद्ले मुख्यमन्त्री राउतलाई पदबाट हटाएर अरुकसैलाई प्रदेशको जिम्मा दिने पार्टी अध्यक्ष तथा वरिष्ठ नेता समक्ष माग राखेका छन् । प्रदेशका सांसद्हरुले मुख्यमन्त्री राउतको सट्टामा कुनै स्वच्छ र राजनीतिक परिपक्कता भएको व्यक्तिलाई मुख्यमन्त्री बनाउँन माग गरेका हुन् ।

मुख्यमन्त्री राउतपनि आफ्नो कुर्सि धरापमा रहेको थाह पाएपछि प्रदेशको जनतालाई कोरोना महामारीसँग एक्लै लड्नका लागी छोडेर पद बचाउँन एक सातादेखि काठमाडौंमा बसेर पार्टी नेता कहाँ लबिङ गरिरहेका छन् ।

मुख्यमन्त्री राउत अहिले पनि तत्कालिन समाजवादी पार्टीको तर्फबाट संसदीय दलका नेता छन् । त्यसतै

तत्कालिन राजपाको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल संसदीय दलका नेता हुन् ।

पार्टी संसदीय दलका नेता जो बन्छ उ नै मुख्यमन्त्री बन्ने चलन छ । तर, प्रदेशका सांसद्हरु मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता नबनाउँन माग गरेका छन् । यता, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको प्रदेश सांसद्हरु बीच पकड राम्रो हुनका साथ् उनि लोकप्रिय पनि छन् । राजनीतिक धुरन्धर उनलाई संसदीय दलको नेता बनाउँन कतिले माग गरेका छन् ।

नेपालको संविधान-२०७२ को धारा १८९ अनुसार संसदीय दलको नेता छनोट गरिनु पर्ने व्यवस्था छ। संसदीय दलको नेता मात्र मुख्यमन्त्री बन्ने प्रवधान छ । पार्टी एकीकरण पश्चात एउटै दलको नेता चुन्नु पर्ने बाध्यता पार्टीसँग छ ।

पार्टी एकीकरणपछि प्रदेश-२ को मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्न हालका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल र आर्थिक विकास योजनामन्त्री विजयकुमार यादवको नाम चर्चामा छ। मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ ।

मुख्यमन्त्रीका लागि दलको नेता बन्न नेताहरुको दौडधुप छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई, डा. बाबुराम भट्टराईलाई भेट्नेको भीड बढेको छ ।

मुख्यन्त्री राउत फेरि संसदीय दलको नेता बनेर मुख्यमन्त्री पद जोगाउन आफ्ना निकट नेतासँग छलफलमा व्यस्त छन् तर उनलाई दोहोर्‍याउने पक्षमा शिर्ष नेतृत्व नरहेको स्रोतले दावी गरेको छ ।

जितेन्द्र सोनलपनि मुख्यमन्त्री बन्न सारा शक्ति लगाइरहेका छन्। उनी पार्टी अध्यक्ष महन्थ ठाकुरको खास मान्छे हुन्। उनिसँग अन्य शिर्ष नेताहरुको पनि साथ् रहेको बताइन्छ ।

जनता समाजवादी पार्टीका ५५ प्रदेशसभा सदस्य छन् । २९ जना तत्कालीन समाजवादी र २५ जना राजपाबाट प्रदेश सभा सदस्य छन् । एक स्वातन्त्र निर्वाचित भएका प्रदेशसभा सदस्य गरेर यो पार्टीको पक्षमा ५५ जना छन् । जसमध्ये सभामुख र उपसभामुख बनेपछि संसदीय दलको चुनावमा मतदान गर्ने मतदातको संख्या ५३ छ । ५३ जना मध्ये एक संसदीय दलको नेता बन्छ । त्यो मुख्यमन्त्री बन्ने छन् ।

Back to top