×

वीरगन्ज २९ असोज । भोजपुरी लोक साँस्कृतिको महत्वपूर्ण पर्व झिझिया विधिवत रुपमा यस भेगमा शुरु भएको छ । नौरथा अर्थात नवरात्री शुरु भएदेखि यो पर्व प्रत्येक वर्ष शुरु हुन्छ । यो पर्व विजया दशमीको राति सम्पन्न हुन्छ । कथित बोक्सी र तान्त्रिकले नौरथामा आफनो मन्त्र सिद्धि गर्ने र मारक मन्त्र कथित रुपम सर्वसाधारणलाई प्रयोग गर्ने लोक विश्वासको कारण यो पर्व हालसम्म जीवन्त रहेको हो् ।

बाराको प्रायः सबै स्थानीय तह तथा थारु एवम मधेशी बहुल गाउँहरुमा यो पर्व परम्पराको रुपमा अफै पनि मनाइदै छ । हाल यो पर्वमा अरुचि बढदै गएकोले कही कही लोप समेत हुने अवस्था आएको कलैया १४ का रामप्रवेश साहले बताए । मनोरन्जनको साधन टेलिभिजन,ईन्टरनेट,मोबाइल लगायतको प्रवेशसंगै यो पर्व मनाउने किशोरीको संख्यामा कमी आएको कलैयाँ ५ की सरस्वती देवीले भनिन । झिझियामा किशोरीहरुले आफनो टाउकोमा माटोको घैला बोकने गर्छन्।

घैलामा प्वालहरु हुन्छ । घैलामा दियो बालिएको हुन्छ । कथित बोक्सी तथा तानित्रक मान्त्रिकले घैलोमा रहेको प्वाल सही स्पष्ट संख्यामा गन्ति गरे घैला बोक्ने किशोरीको तत्काल मृत्यु हुन्छ भन्ने जन विश्वास रहेको छ । यसैले घैला बोक्ने किशोरीहरु नाच्ने गर्छन् । किशोरीको साथ दिने किशोरीहरु गीत गाउँने गर्छन् । सो गीत परम्परागत देखी आधुनिक सम्म हुन्छ । गीतमा रामायणकालीन कथादेख िलिएर आधुनिकता समेत रहने गरेको एक भोजपुरी संस्कृति कर्मी बताउँछन् । झिझियाका गीतहरु संकलन गरेर बचाउन जरुरी रहेको उनी औल्याउछन् ।

नौरथामा तान्त्रिक मानित्रकको शक्ति कम गर्न यो पर्व शुरु भएको विश्वास गरिन्छ । आधुनिक युगमा तान्त्रिक मान्त्रिकमा विश्वास कम हुदै गएकोले लोक संस्कृतिको रुपमा रहेको यो पर्व लोकसंस्कृतिको रुपमा मनाईदै आएको हो । यो परम्परालाई जीवित राख्न र यसलाई लोप हुनवाट बचाउन सबैको सफल प्रयासको आवश्यकता रहेको छ । नेपाल सरकारले झिझियाको सांस्कृतिक महत्वलाई ध्यानमा दिई यसको हुलाक टिकट समेत नाचमालामा निकालिसकेको छ ।

Back to top