×

बीरगंज १ असोज । नेपालको कृषि उपकरण विक्री वितरण गर्दै कृषि क्रान्तिमा आधुनिकरण भित्र्याउन महत्वपूर्ण योगदान पु¥याउदै आएको त्रिशक्ति ट्रेडर्सले आजबाट वीरगंजको प्रतिमा चौकमा एक भव्य शो रुम संचालनमा ल्याएकोे छ । विश्वकर्मा पुजाको अवसरमा आज एक समारोहका विच वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासका बाणिज्य दुत वि.सी प्रधानले शो रुमको उद्घाटन गर्नुभएको थियो ।

साथै विश्वकर्मा बाबाको पुजा तथा उदघाटनको अवसरमा आज कृषि उपकरण खरिद गर्नेे किसानहरुलाई आकर्षक छुटका साथ विशेष उपहारको व्यवस्था गरिएको शो रुमका संचालक ध्रुव साहले जानकारी दिनुभयो । नेपाली किसानहरुका लागि चाहिने सम्पूर्ण आधुनिक कृषि उपकरणहरु एउटै थलोबाट विक्री वितरण गर्ने उद्देश्यका साथ शो रुम संचालन गरिएको संचालक साहले जानकारी दिनुभयो ।

भारतको तिर्थ एग्रो प्राईवेट लिमिटेडबाट उत्पादित शक्तिमान रोटा भेटर तथा कृषि उपकरणहरु, त्यसैगरी भारतकै ब्रम्हपुरी कल्टीभेटर, रोटा भेटर, लेब्लर, हाईरो तथा माधो एग्रो इण्ड्रष्टिजको थ्रेसर मेसिनहरु, धान काटने, हाते रेपर देखि लिएर अत्याधुनिक आधुनिक रेपर सम्म एकै स्थानमा सुपथ मुल्यमा उपलब्ध हुने गरी शो रुम संचालनमा ल्याईएको साहले बताउनु भयो ।

Back to top