वीरगञ्ज २४ भदौ । नारायणी सिमेन्ट उद्योग प्रा.लि.ले प्रत्येक बर्ष झैं यस बर्ष पनि विश्वकर्मा पूजाको सन्दर्भ पारेर आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । उद्योगले बाराको परवानीपुर गाउँपालिका वडा नं. ४, चैनपुर विर्तास्थित आफ्नै उद्योग परिसरमा रक्तदान आयोजना गरेको हो ।
उद्योगका प्रेसिडेण्ट (वक्र्स) उमेशचन्द्र ठाकुरको प्रमुख उपस्थिति र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा उद्योगमा कार्यरत ३१ जना मजदूर कर्मचारीहरुले रक्तदान गरेका छन् । वीरगञ्ज तथा आसपासका क्षेत्रमा रगतको अभावको समस्या समाधानमा सघाउ पु¥याउने उद्देश्यले रक्तदान गरिएको उद्योगका प्रेसिडेण्ट (वक्र्स) उमेशचन्द्र ठाकुरले जनाएको छ ।