×

वीरगञ्ज ७ असोज । रिएजेन्ट किट समयमा उपलब्ध नहुँदा वीरगञ्जमा मंगलबार पिसिआर परिक्षण अवरुद्ध भएको छ । काठमाडौँबाट समयमै रिएजेन्ट किट नआइपुग्दा परिक्षण अवरुद्ध भएको हो ।

परिक्षण अवरुद्ध भएको कारण जिल्लामा हिजो केवल एक जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

संक्रमण पुष्टि भएका व्यक्ति अस्पतालमै कार्यरत ३३ वर्षीय पुरुष हुन् । उनि अस्पतालको क्वाटरमा बस्दै आएका छन् ।

स्वास्थ्य मन्त्रालयले नारायणी अस्पताललाई रिएजेन्ट किट उपलब्ध नगराउँद परिक्षण अवरुद्ध भएको हो । मन्त्रालयले विगत दुई हफ्तादेखि अस्पताललाई रिएजेन्ट किट उपलब्ध गराउन छोडेको छ ।

मन्त्रालयले रिएजेन्ट उपलब्ध गराउन छाडेपछि अस्पतालले हालका लागि काम चलाउँन भएपनि काठमाडौँबाट उधारोमा मगाएर परिक्षण गरिरहेको छ ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सञ्जयकुमार ठाकुरले मंगलबार काठमाडौँबाट रिएजेन्ट किट समयमै नआइपुगेपछि केहिबेरका लागि परिक्षण रोकिएको जानकारी दिए । रिएजेन्ट आएपछि परिक्षण पुन: सुरु भएको उनले बताए ।

 

Back to top