×

वीरगञ्ज २ असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बारामा सडक निर्माणको शिलान्यास गरेका छन् । बाराको ग्रामिण क्षेत्रहरुलाई जिल्लाको सदरमुकाम कलैयासँग जोड्ने लगभग ८ किलोमिटर लामो सडकको मन्त्री सोनलले शिलान्यास गरेका हुन् ।

मन्त्री सोनलले शुक्रबार एक कार्यक्रम बीच बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर ४ को चैनपुर चोकदेखि

सोहि गाउँपालिकाको बुनियाद, पर्सौनी गाउँपालिका वडा नं. ६ प्रस्टोका हुँदै जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकासम्म जोड्ने ८ किलोमिटर लामो बेस ढलान सडक निर्माणको लागि शिलान्यास गरेका हुन् ।

भौतिक मन्त्रालयद्वारा सुरु गरिएको प्रादेशिका सडक निर्माण परियोजना अन्तर्गत उक्त सडक खण्ड निर्माण गर्न लागिएको हो । सडक निर्माणको लागि मन्त्री सोनलले दुई करोड रकम छुट्याएका थिए । दुई करोड बजेट छुट्याएपनि सडक डिभिजन कार्यालय बाराले १ करोड १४ लाख ७५ हजार ६ सय ११ रुपैयाँमा सडकको ठेक्का दिएको छ ।

कार्यक्रममा बल्दै मन्त्री सोनलले प्रदेश विकासका लागि सबै भन्दा महत्पूर्ण भौतिक विकास रहेको बताए । उनले सडकले समृद्धि ल्याउँने बताउँदै प्रदेश सरकारले सडक निर्माणलाई प्रथम स्थानमा राखेको बताए ।

उनले ग्रामिण क्षेत्रका जनतालाई छिटो छरितो तरिकाले सदरमुकामसँग जोड्ने आश्यले सडक निर्माण गर्न लागिएको जानकारी गराए ।

मन्त्री सोनलको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा परवानिपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, पर्सौनी गाउँपालिकाका अध्यक्ष भोला साह, सडक डिभिजनका कार्यालयका प्रमुख दरोगा साह, स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको उनका स्वकीय सचिव रमेश सर्राफले बताए ।

Back to top