×

वीरगञ्ज २ असोज । पर्सा जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित थपिने क्रम फेरी बढ्न थालेको छ । पछिल्लो केही दिनदेखि घट्दै गएको कोरोना सङ्क्रमित थपिने संख्या एकाएक बढ्न थालेको हो ।

पर्साको अवस्थामा सुधार आएको विश्लेषण भइरहँदा पछिल्लो समय आएको तथ्यांकले भने फरक दृश्य देखाएको छ । पर्सामा शुक्रबार फेरी १४ जना कोरोना संक्रमित थपिएका छन् । बिहिबारपनि १७ जनामा कोरोना पुष्टि भएको थियो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा बिहिबार राति गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकामध्ये १४ जना पर्सा, ६ जना बारा र ४ जना रौतहट जिल्लाको रहेका छन् ।

अस्पतालको पिसिआर प्रयोशालामा पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट ल्याएको २ सय ८८ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा ६ महिलासहित २४ जना संक्रमित भटिएको अस्पतालका प्रवक्ता एवं वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

पर्सामा थपिएका संक्रमितमध्ये सदरमुकाम वीरगञ्जमा तिन जना, सखुवा पर्सौनी गाउँपालिकामा एक जना, कलिकामाई गाउँपालिका र पर्सागढी नगरपालिकामा पाँच/पाँच जनागरी जिल्लामा १४ जना संक्रमित थपिएका छन् ।

त्यसतै बाराको जितपूरसिमरा उपमहानगरपालिकामा एक जना, कोल्भी नगरपालिकामा तिन जना र महागढीमाई नगरपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

रौतहटको गढीमाई नगरपालिकामा दुई जना, मादवनारायण नगरपालिकाका एक जना र इलाका प्रहरी कार्यालय गरुडाका एक जनामापनि संक्रमण देखेको डा. चौरसियाले बताए ।

थपिएका संक्रमितहरुको सिटि भ्यालु १५ देखि ३४ सम्म रहेको छ । सिटि भ्यालु २४ भन्दा माथि भएका संक्रमितहरुले अरुमा संक्रमण सार्कने सम्भावना न्यून रहेको चिक्तिसकहरुले बताउँने गरेका छन् ।

 

Back to top