×

वीरगञ्ज २ असोज । ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्रले कोरोना संक्रमणको समयमा अग्रपन्तिमा खटेका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

केन्द्रले शुक्रबार एक कार्यक्रम बीच पर्सा कोरोना महामारीले आक्रान्त भएको बेला आफ्नो ज्यानलाई जोखिममा राखेर खटेका सुरक्षाकर्मी, सरसफाई कर्मी, एम्बुलेन्स चालक, डोजर चालकलगायतलाई नगद र सम्मान पत्रसहित सम्मानित गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पर्साकी प्रहरी प्रमुख गङ्ग पन्तले सम्मानित सबैलाई नगद र सम्मान पत्र हस्तान्तरण गरेकी थिइन ।

सम्मानित हुनेमा वीरगञ्ज महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुद्दीन मियाँ, शाखामा कार्यरत अमिन मियाँ, एम्बुलेन्स चालक समशुल मियाँ, रेडक्रसका एम्बुलेन्स चालक मोम्ताज अन्सारी, रमेश पण्डित, राजेशकुमार क्षेत्री, ग्रिन सिटि सामुदायि प्रहरी सेवा केन्द्र विजय यादव, लालबाबु महतोलगायत रहेका थिए ।

कार्यक्रमलाई सोबोधन गर्दै प्रहरी प्रमुख पन्तले कोभिड संक्रमणको समयमा पर्दा पछाडीको हिरोहरुलाई सम्मान गर्न पाउँडा खुशी महसुस भएको बताइन । उनले कोभिड व्यवस्थापनमा सरसफाई कर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, डोजर चालकहरुले गरेको योगदानको जति सराहना गरेपनि कम हुने बताउँदै सम्भव भए यस्ता सम्पूर्ण पर्दा पछाडी दिन रात खट्ने व्यक्तिहरुलाई सम्मान गरिने बताइन ।

ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमल राज पण्डित, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईलगायत स्थानीय नागरिक समाजका अगुवा, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Back to top